मिति : २०८२।०४।०९
नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य दीर्घबहादुर खत्रीको ४१ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध भएको छ ।
विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका खत्री पछिल्लो समय रेडियो नेपाल दिपायलमा कार्यरत हुनुहुन्थ्यो । यस दौरान उहाँले डोटेली आवाज, रेडियो शैलेश्वरी एफएमलगायतमा काम गर्नु भएको थियो ।
उहाँकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय पत्रकार खत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव