नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष संजय सहनीलाई पितृशोक

 

मिति : २०८२।०२।०४

नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष संजय सहनीलाई पितृशोक परेको छ । उहाँका पूज्य पिता रामनारायण सहनीको ६५ वर्षको उमेरमा जेठ ३ गते शनिबार उपचारका क्रममा निधन भएको हो ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका संजयसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download