पत्रकार फणिदेव महतको ४६ वर्षको अल्पायुमै असामयिक निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०८२।०१।३१

पत्रकार फणिदेव महतको ४६ वर्षको अल्पायुमै असामयिक निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

करिव दुई वर्षदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका महतको २०८२ वैशाख ३० गते मंगलबार राति १०ः३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । स्वर्गीय महतका श्रीमती र दुई छोरा छन् ।

करिव दुई दशकदेखि रौतहटबाट पत्रकारिता गरिरहेका पत्रकार महतले अन्नपूर्ण पोष्ट दैनिक र रेडियो सुप्रिमलगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो । उहाँ नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य हुनुहुन्थ्यो ।

उहाँकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मेहनती, जुझारु, निडर र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार महतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download