पत्रकारमाथि भएकाे हातापातकाे भर्त्सना

मिति : २०७८।०८।१५

समाचार संकलनका क्रममा सोलुखुम्बुस्थित सोलु एफएमका समाचार सहायक एवं उज्यालो नेटवर्कका सुबास दर्नाल र रमन वनमाथि भएको हातपात र उनीहरूको सञ्चार सामग्रीमा क्षति पु¥याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

२०७८ मंसिर १४ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको निर्वाचनको क्रममा भएको मतदान र मतगणनाको समाचार संकलनका लागि पुगेका पत्रकारद्वय दर्नाल र वनमाथि विद्यार्थी नेताहरूले हातपात गरी सञ्चार सामग्रीमा समेत क्षति पु¥याएको महासंघ सोलुखुम्बु शाखाले जनाएको छ ।

नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको हातपात र सञ्चार सामग्रीमा क्षति पु¥याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारलाई कुण्ठित पार्ने यो घटनाको महासंघ कडा भत्र्सना गर्दछ । र, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षित र निर्बाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

...........................

रोसन पुरी

महासचिव