नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार माधव आचार्यको ८० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध

मिति : २०७८।०२।०८

नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार माधव आचार्यको ८० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । विगत १ वर्षदेखि क्यान्सर रोगबाट पीडित आचार्यको आज बिहान काठमाडौंको कपनस्थित निवासमा निधन भएको हो । 
वि.स. २०२२ सालदेखि जनआकांक्षा साप्ताहिकको सम्पादन गर्दै आउनु भएका आचार्य आकांक्षा दैनिकको समेत सम्पादक÷प्रकाशक हुनुहुन्थ्यो । उहाँको सम्पादकत्व र प्रकाशकत्वमा जनआकांक्षा साप्ताहिक हालसम्म निरन्तर प्रकाशित हुँदै आएको छ । विभिन्न पत्रिकामा साहित्यीक पत्रकारिता गर्दै आउनु भएका आचार्य महासंघ धनुषा शाखाको दुई कार्यकाल सभापति हुनुभएको थियो । नेपाल पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित आचार्यले पत्रकारितामार्फत लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान पु¥याउनु भएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, कुशल, अनुभवी र जुझारु पत्रकार गुमाएको छ । स्वर्गीय आचार्यका श्रीमती र तीन छोरा छन् । 
महासंघ स्वर्गीय पत्रकार आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

    
    रोसन पुरी
    महासचिव

 Download