द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७६।११।०७

द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो । कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने  काम हुनु आफैंमा निन्दनीय छ । महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 Download