छोटी भन्सार कार्यालयमा कार्यारत नायव सुब्बा नविनकुमार पाण्डेले र्दुव्यवहार गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण

मितिः २०७६–०८–२०

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभासद् सन्तोष बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा सम्वाददाता शुभेन्दर दासलाई समाचार संकलनका क्रममा नेपाल भारत सीमास्थित जनकपुरधाम–जटही छोटी भन्सार कार्यालयमा कार्यारत नायव सुब्बा नविनकुमार पाण्डेले र्दुव्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।


मंसिर १८ गते सेवाग्राहीसँग भन्सार कार्यालयका कर्मचारीले खुल्लमखुल्ला पैसा असुली गरिरहेको दृश्य क्यामेरामा कैद गरिरहेको अवस्थामा पत्रकार बराइली र दासलाई नायव सुब्बा पाण्डेले एक्कासि क्यामेरा खोसेर दुव्र्यवहार गरेका थिए ।


नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारलाई गरिएको दुव्र्यवहारले पत्रकारको संवैधानिक स्वतन्त्रताको हनन् भएको महासंघको ठहर छ । महासंघ प्रेस स्वतन्त्रताविरोधी यो कार्यको कडा निन्दा गर्दै घटनाको छानविन गरी दोषी कर्मचारीमाथि कानुनी कारवाहीको माग गर्दछ ।



रमेश विष्ट
महासचिव

 Download