बिनाकारण प्रहरीले खानतलासी गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति :२०७६।०८।१९

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित निवासमा प्रहरीले बिनाकारण खानतलासी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सदस्य झाको हजुरआमा एक्लै रहेको अवस्थामा मंसिर १८ गते बिना सूचना घरमा प्रवेश गरी प्रहरीले दुई पटक खानतलासी गरेका थिए । व्यावसायिक रुपमा पत्रकारिता गरिरहेका झाको निवासमा प्रहरीले देखाएको हर्कत निन्दनीय र आपत्तिजनक छ । प्रहरीको यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको महासंघको ठहर छ । महासंघ यो घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गर्दछ ।

 

रमेश विष्ट

महासचिव

 Download