निर्वाचनको क्रममा पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित पक्षसँग महासंघ आग्रह

मिति :२०७६।०८।१३

२०७६ मंसिर १४ गते मुलुकका केही जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका सदस्यहरुको उपनिर्वाचन सम्पन्न हुँदै छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरूको तर्फबाट महासंघ उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहितढंगबाट सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्दछ ।

उपनिर्वाचनको क्रममा आमसञ्चारकर्मीहरूलाई निर्वाधढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण तयार गर्नुका साथै मतदान र मतगणनाको समयमा समाचार संकलन र छायाङ्कनको व्यवस्थाका लागि महासंघ सम्बन्धित निकायसँग माग गर्दछ । यसका साथै निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई आवश्यक पास सहजढंगबाट उपलब्ध गराउनुका साथै निर्वाचनको क्रममा केही हिंसात्मक घटनाको प्रयास भएकाले पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित पक्षसँग महासंघ आग्रह गर्दछ ।

साथै, निर्वाचनका बेला सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै उपनिर्वाचनको समाचार संकलन र संप्रेषण गर्न महासंघ आहृवान गर्दछ ।



रमेश विष्ट
महासचिव

 Download