स्व. पत्रकार विनय कसजुप्रति हार्दिक श्रष्द्धाञ्जली

मिति २०७६-८- १०
 

वरिष्ठ पत्रकार एंव राष्ट्रिय सूचना आयोगका संस्थापक प्रमुख आयुक्त विनय कसजुको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ । २००४ सालमा पाल्पाको तानसेनमा जन्मीनु भएका कसजुको ललितपुरको मेडिसिटी अस्पतालमा देउसो निधन भएको हो । निमोनियको कारण गम्भिर विराम भई उहाँ कार्तिक १९ गते उक्त अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो ।
पत्रकारिता, सूचनाको हकको अभियन्ता र प्रसिद्ध बालसाहित्यकार कसजुको निधनले मुलुकले पत्रकारिता क्षेत्रको एक धरोहर, सूचनाको हकको अभियन्ता र नेपाली वाङ्मयका एक मुर्धन्य सष्ट्रालाई गुमाएको छ । अनुभवी र परिपक्व पत्रकार कसजुको निधनले नेपाली पत्रकारिता र प्राज्ञिक क्षेत्रलाई अपुरणिय क्षति पुगेको छ ।
नेपाल पत्रकार महासंघ स्व. कसजु प्रति हार्दिक श्रष्द्धाञ्जली प्रकट गर्दछ । साथै शोकको यस घडिमा शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकद गर्दछ ।


रमेश विष्ट
महासचिव

 Download