स्वर्गीय पत्रकार गुरुवाचार्यप्रति महासंघ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ

मिति : २०७६/८/८
 

बरिष्ठ पत्रकार विनय गुरुवाचार्यको शुक्रबार बिहान निधन भएको छ । लामो समयदेखि पार्किन्सन सम्बन्धि समस्याबाट पीढित गुरुवाचार्यको निधनप्रति महासंघ गहिरो दुःख प्रकट गर्दछ । 
८२ बर्षिय गुरुवाचार्यको निधनबाट मुलकले एक कुशल अनुभवी तथा शिद्धहस्त पत्रकार गुमाएको छ । उहाँले अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस, (एपी) मा काठमाडौं प्रतिनिधिका रुपमा ३८ बर्ष काम गर्नुभएको थियो । उहाँले जापानको पत्रिका ‘माइनिची सिन्बोन’ मा समेत नेपाल प्रतिनिधिका रुपमा काम गर्नुभएको थियो । स्वर्गीय पत्रकार गुरुवाचार्यप्रति महासंघ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्द परिवारमा हर्दिक समवेदना प्रकट गर्दछ । 



रमेश विष्ट 
महासचिव 

 Download