पत्रकार शर्माको निधनको खवरले महासंघ स्तब्ध

मिति : २०७६।०७।२८
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारको क्रममा काठमाडौंको नयाँबानेश्वरस्थित सिभल अस्पतालमा २३ वर्षको अल्पायुमै निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । बोनम्यारोमा समस्या आई चार महिनाअगाडि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा आज निधन भएको हो ।

विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा विसौनी दैनिक र देश सञ्चार अनलाईनमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।


रमेश विष्ट
महासचिव

 Download