महासंघमा विगत १९ वर्षदेखि कार्यरत वरिष्ठ सहायक कार्कीलाइ पितृशोक

मिति  २०७६।०३।२९ 

नेपाल पत्रकार महासंघमा विगत १९ वर्षदेखि कार्यरत वरिष्ठ सहायक भुवन कार्कीका पुजनीय पिता श्री स्कन्दकुमार कार्कीको २०७६ असार २८ गते निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध भएको छ । ७२ वर्षीय कार्कीको हृदयघातका कारण काठमाडौंस्थित काठमाडौं मेडिकल कजेल अस्पतालमा हिजो निधन भएको हो ।
 महासंघ स्वर्गीय कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा श्री भुवन कार्की लगायत शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । 

 

रमेश विष्ट
महासचिव

 Download