पत्रकारमाथि मेयर द्वारिकलाल चौधरीले गरेको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति :२०७६।०२।०९


समाचार संकलनका क्रममा इटहरी उपमहानगरपालिका पुगेका पत्रकारमाथि मेयर द्वारिकलाल चौधरीले गरेको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ सुनसरी शाखाका अनुसार जेठ ८ गते कर्मचारी कुटपिट गरेको विषयमा प्रतिक्रिया लिन उपमहानगरपालिका पुगेका कृष्ण बहाव भट्टराई, विकल रेग्मीलगायतका पत्रकारलाई मेयर चौधरीले दुव्र्यवहार गरेका थिए ।
राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि दुव्र्यवहार हुनु आर्फैमा निन्दनीय र गैरजिम्मेवार कार्य हो । यस्ता कार्यले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता तथा पत्रकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप हुने महासंघको ठहर छ । महासंघ मेयर चौधरीबाट भएको गैरजिम्मेवार कार्यको कडा भत्र्सना गर्दछ । र, प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।


रामप्रसाद दाहाल
सचिव

 Download