सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धमा


मिति ः २०७४।०८।२४

श्री अध्यक्षजी
सबै जिल्ला शाखा÷प्रतिष्ठान शाखा÷एसोसिएट संस्था
नेपाल पत्रकार महासंघ


विषय ः सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धमा ।

नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३) को धारा २ को (ख) बमोजिम हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको यहाँलाई विदितै छ । सोअनुसार त्यस शाखामा आवद्ध रहेका सदस्यहरूको २०७४ सालको सदस्यता नवीकरण गरी शुल्कसहितको विवरण पठाउनुहुन सूचित गरिन्छ ।
साथै, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०७४ असोज २६ र २७ गते बसेकोे बैठकले महासंघको प्रदेशसभा निर्वाचन २०७४ सालभित्रै गरिने निर्णय गरेको र प्रदेशसभा निर्वाचन अगावै नयाँ सदस्यता प्रदान गरिने भएको हुँदा त्यस शाखामा महासंघको विधान–२०६० (चौथो संशोधन २०७३) को धारा ५ को उपधारा (१) बमोजिम प्रक्रिया पुगेका आवेदनहरू र सदस्यता नवीकरण विवरण २०७४ पुस मसान्तभित्र कार्यसमितिको निर्णयसहित महासंघ केन्द्रमा पठाउनुहुन अनुरोध छ ।

    ..................
    रमेश विष्ट
    महासचिव

 Download