भिजिट भिसाका विषयमा एकपछि अर्को विवाद सिर्जना भइरहेका बेला नेपाल पत्रकार महासंघको नामसमेत जोडेर गलत र आधारहीन इमेल आएको भरमा जुन रुपमा भइरहेको प्रचारप्रति महासंघ खेद व्यक्त

 

मिति : २०८२।०४।०६

भिजिट भिसाका विषयमा एकपछि अर्को विवाद सिर्जना भइरहेका बेला नेपाल पत्रकार महासंघको नामसमेत जोडेर गलत र आधारहीन इमेल आएको भरमा जुन रुपमा भइरहेको प्रचारप्रति महासंघ खेद व्यक्त गर्दछ ।

महासंघ बेलायत शाखाको स्थापना दिवसको अवसरमा भिजिट भिसामा दर्जनौभन्दा बढी पत्रकार जान लागेको गलत अर्थ लाग्ने गरी प्रकाशित सामग्री पूर्णत झुट र आधारहीन छ । यसबारे महासंघ बेलायत शाखाले पनि यस्तो भ्रम फैलाउनेप्रति सचेत हुन र यस्ता गलत सूचना दिनुअघि तथ्य बुझ्नु अपरिहार्य छ भन्दै आपत्ति प्रकट गरेको विज्ञप्ति आइसकेको जानकारी गराउछौं । यस्तो केन्द्र र युके शाखाबाट पनि नभएको जानकारी गराइन्छ ।

यस्तो गम्भीर विषयमा महासंघलाई समेत मुछेर विवादास्पद देखाउन खोज्नुमा बदनियत लुकेको स्पष्ट छ । अगुवा नागरिक संस्थालाई विवादमा तानेर मुलुकमा विचार र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन कमजोर बनाउने योजनाबद्ध उदेश्यले यो काम भएको महासंघको बुझाइ छ । यसप्रति स्पष्ट र सचेत हुन महासंघ सम्पूर्ण सञ्चारकर्मी मित्रहरू र सरोकारवाला संस्थालाई अपिल गर्दछ ।

सविन प्रियासन

सचिव

 डाउनलोड गर्नुहोस्