मिति : २०८२।०४।०६
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मीन बमलाई पत्नीशोक परेको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । बमकी ३१ वर्षीया धर्मपत्नी शब्या शाही बमको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा यही साउन ५ गते निधन भएको हो ।बमकी धर्मपत्नी स्वर्गीय शब्याप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।
साथै, महासंघ शोकको यस घडीमा पत्नी वियोगमा पर्नुभएका मीनसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव