मितिः २०८२।०३।२१
नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष भूषण कुमार पोखरेललाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध भएको छ । उहाँका पूज्य पिता युवराज पोखरेलको यही असार १६ गते रौतहटको जुडिबेलामा निधन भएको हो ।
स्वर्गीय पिताप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा अध्यक्ष भूषणसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव