भोजपुर शाखाका उपाध्यक्ष राईको निधनकाे खबरले महासंघ स्तब्ध

 

मिति : २०७९।०७।०४

नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश राईको उपचारका क्रममा ३२ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । दम, सुगर तथा उच्च रक्तचापबाट पीडित भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयुमा उपचारत राईको उपचारकै क्रममा कात्तिक ३ गते बिहीबार निधन भएको हो ।

भोजपुरमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई रेडियो भोजपुरमा स्टेसन म्यानेजरको रूपमा कार्यरत हुनुका साथै धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा समेत कार्यरत हुनुहन्थ्यो । उहाँकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्