प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र यसका विश्वाव्यापी मूल्य, मान्यता अनुरूप घोषणपत्रमार्फत आफ्ना प्रतिवद्धताहरू सम्वोधन गर्न राजनीतिक दललाई महासंघको आग्रह

मिति : २०७९।०६।१०

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र तयार पारिरहेका छन् । राजनीतिक दलका घोषणापत्रहरूमा आमसञ्चारको क्षेत्रलाई कसरी सम्वोधन गरिएको छ भन्ने कुरालाई नेपाल पत्रकार महासंघले गम्भीर चासोका साथ हेरिरहेको छ ।

संविधानसभाबाट जारी नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, नेपाली सञ्चार क्षेत्रले उपभोग गर्दै आएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र यसका विश्वाव्यापी मूल्य, मान्यता अनुरूप दलहरूले घोषणपत्रमार्फत आफ्ना प्रतिवद्धताहरू सम्वोधन गरुन भन्ने आग्रह र अपेक्षा महासंघले राखेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिततासँगै व्यवसायी पत्रकारिताको विकास र विस्तारका लागि आवश्यक नीति, कानुन र संरचनाहरू तयार गरी सशक्त र सम्मुनत सञ्चार क्षेत्रको निर्माण गर्ने प्रतिवद्धता र कार्यक्रमहरू दलहरूका घोषणापत्रमा समावेश गरुन भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघले सबै राजनीतिक दलका शीर्ष नेतृत्व र घोषणापत्र तयार गर्ने समिति वा कार्यदलसँग भेटी छलफल तथा अन्तत्र्रिmया गर्ने निर्णय गरेको छ ।

यस अभियानमा सम्बन्धित सबैले महासंघलाई आवश्यक सहयोग र समन्वय गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेको छौं ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्