पत्रकार राईको निधनको खबरले महासंघ स्तब्ध

मिति : २०७८।१०।२१

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य कमलराज राईको ह्दयघातका कारण ४५ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । माघ २० गते बिहीबार दिउँसो ह्दयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पताल पु¥याइएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन ४ः०० बजे निधन भएको हो । लामो सयमदेखि काठमाडौंमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मेहनती, जुझारु, निडर र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । महासंघ स्वर्गीय पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्