बागमती प्रदेशका मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।०९।०१

प्रदेश प्रमुखको कार्यालय मकवानपुरमा बागमती प्रदेशका मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ मकवानपुर शाखाका अनुसार मंसिर २८ गते भएको बागमती प्रदेशका मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिएर निजी सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको थियो । यो घटनाले निजी सञ्चारमाध्यमप्रति प्रदेश सरकारको अनुदार दृष्टिकोण रहेको प्रष्ट्याएको छ । सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाइनु खेदजनक हुनुका साथै प्रेस स्वतन्त्रमाथिको ज्यादती हो । महासंघ प्रेसलाई निर्वाध र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न र यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्