नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य माधव शाहीको ३६ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मितिः२०७८।०७।०१


नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य माधव शाहीको ३६ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । उच्च रक्तचाप कारण अचानक ढलेपछि तत्काल उपचारका लागि कुवेतस्थित अल मुवारक अस्पताल पु¥याइएका पत्रकार शाहीको उपचारकै क्रममा असोज २८ गते निधन भएको हो ।
ऐरावती गाउँपालिका–४, प्यूठान स्थायी घर भई रोजगारका सिलसिलामा कुवेतमा रहेका पत्रकार शाहीले कुवेतबाट श्रमिकको समस्याका बारे कलम चलाउदै आउनु भएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ भने कुवेत शाखाले सक्रिय सदस्य गुमाएको छ ।
महासंघ स्वर्गीय पत्रकार शाहीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी
महासचिव