पत्रकार पक्राउ गरेकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण

मिति ः २०७८।०६।१४


नेपाल पत्रकार महासंघको एसोसिएट संस्था पत्रकारिता अनुसन्धान तथा तालिम समाज नेपालका सदस्यद्वय प्रदीप भण्डारी र रोधन तामाङ तथा महासंघको स्वतन्त्र समाचार सेवा शाखाका सदस्यद्वय शिशिर अधिकारी र पिंकला कार्कीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । युट्युबमार्फत समाचार सार्वजनिक गरेको विषयलाई प्रहरीले चारै जना पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरेको शाखाले जानकारी दिएका छन् ।
प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर उजुरी गर्ने तथा त्यसको निरुपण गर्ने अधिकार प्रेस काउन्सिल नेपालको हो । काउन्सिलको निर्णयमा चित्त नबुझे अदालत जाने बाटो सुनिश्चित छ । त्यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई पक्राउ गरिनु आपत्तिजनक छ । महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहो¥याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउ“दछ ।
साथै, पत्रकारलाई पनि व्यक्तिको गोपनियतालगायतका विभिन्न हक प्रतिकूल नहुने गरी पत्रकार आचारसंहिताको पूर्ण पालना गरी आफ्ना सामग्री सार्वजनिक गर्न आहृवान गर्दछ ।

....................
रोसन पुरी
महासचिव