महासंघका निवर्तमान केन्द्रीय सदस्य नकुल अर्याललाई पितृशोक : महासंघ स्तब्ध

 

मिति : २०७८।०५।१३

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नकुल अर्याललाई पितृशोक परेको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँका पुजनीय पिता दुर्गादत्त अर्यालको ७२ वर्षको उमेरमा काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा शनिबार राति निधन भएको छ । भरतपुर नगरपालिका–१२ मा स्थायी बसोबास गर्दै आउनुभएका अर्याल लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय अर्यालका श्रीमती, ६ छोरा र ३ छोरी हुनुहुन्छ । निवर्तमान केन्द्रीय सदस्य नकुल अर्याल स्वर्गीय अर्यालको काइला छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा महासंघका निवर्तमान केन्द्रीय सदस्य नकुल अर्यालसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

No photo description available.