पत्रकारमाथि भएकाे आक्रमणकाे निन्दा

२०७३/११/२४
नेपाल पत्रकार महासंघ रुपन्देही शाखा सदस्य टेकबहादुर मास्की रानामाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकार रानामाथि फागुन २३ को सम्साँझै बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित गोपालपार्कमा अज्ञात व्यक्तिको समूहले आक्रमण गरेको जानकारी रुपन्देही शाखाबाट प्राप्त भएको छ । हाल उहाँको अवस्था सामान्य रहेको छ ।

पत्रकारमाथि हुने यस्ता आक्रमणका घटनाले जनताको सुसूचित हुने अधिकारको हनन भएकाे छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र देषिमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।

उजिर मगर
महासचिव