विवादास्पद मिडिया कानुन अध्ययनको लागि समिति गठन गर्न महासंघको माग

विवादास्पद मिडिया कानुन अध्ययनको लागि समिति गठन गर्न महासंघको माग



२०७८ कार्तिक १२

कात्र्तिक १२, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार तथा नागरिक अधिकारस“ग सम्बन्धित समग्र कानुनको अध्ययन गर्न सरकारस“ग माग गरेको छ । महासंघको टोलीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटेर यस्तो माग राखेको हो ।
महासंघका अध्यक्ष विपुल पोख्रेलले पूर्ववर्ती सरकारले ल्याएका मिडियासम्बन्धी विवादास्पद विधेयकले प्रेस स्वतन्त्रताका साथै मानवअधिकार र लोकतन्त्रमाथि गंभीर आघात पुगेको बताए । ‘विवादास्पद विधेयकबारे गहन अध्ययन गरी सरकारलाई सुझाव दिनको लागि उच्चस्तरीय समिति बनाइयोस्,’ अध्यक्ष पोख्रेलले भने ।
    मन्त्री बडुले महासंघस“ग थप छलफल गरी प्रेस तथा लोकतन्त्रमैत्री कानुन निर्माणको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । टोलीमा केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालसहित महासंघका प्रतिनिधि सहभागी थिए ।