फ्रि मिडिया नेटवर्कको छलफल सम्पन्न

फ्रि मिडिया नेटवर्कको छलफल सम्पन्न



२०७८ साउन ०३

साउन ३, काठमाडौं । पत्रकारको भौतिक सुरक्षाका लागि स्थापित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु रहेको फ्रि मिडिया नेटवर्कको छलफल महासंघमा आज सम्पन्न भयो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष एवं फ्रि मिडिया नेटवर्कका संयोजक विपुल पोखरेलले पत्रकारको भौतिक हिंसाका घटना न्यूनिकरण गर्न र समस्याको पहिचानको अवधारणमा नेटवर्कको स्थापना गरिएको बताउनुभयो । 
महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पत्रकारको गुनासो र पत्रकारको कमीकमजोरी समाधान गर्न नेटर्वकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
महासंघका पूर्व अध्यक्ष एंव सल्लाहकार डा.महेन्द्र विष्टले पत्रकारमाथि असुरक्षा बढेका कारण फ्रि मिडिया नेटर्वकको स्थापना गरिएको बताउनुभयो । 
महासंघका पूर्व सभापति डा.सुरेश आचार्यले नेटर्वकको स्थापनाको उदेश्य र त्यसको सफलताको समिक्षा गर्दै आगामी दिनमा नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । 
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारको भौतिक असुरक्षा बढे पेशागत असुरक्षा बढ्ने भन्दै पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । 
सञ्चारीका समूहकी अध्यक्ष नितु पण्डितले पत्रकारहरु आफ्ना समस्या खुलेर राख्नसके पत्रकारमाथि हुने हिंसाका घटनामा  कमि आउने धारणा राख्नुभयो । 
आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरु¨ले पत्रकार माथि हुने कुनै पनि घटनाहरु मान्य नहुने भन्दै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुभपर्ने धारणा राख्नुभयो । 
सामुदायीक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरी, इन्टरनेश्नल अलर्ट, युनेस्कोका प्रतिनिधि साथै नेपाल प्रहरीका एसएसपी बसन्त कुवँर लगायतले पत्रकार सुरक्षा र नेटवर्कको औचित्यका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । हाल फ्रि मिडिया नेटवर्क नेपालका ११ वटा जिल्लामा विस्तार गरिएको छ । 
महासंघका महासचिव रोसन पुरीले कार्यक्रमलाई थप प्रभावकारी बनाउन आगामी बैठक नीतिगत निर्णयमा केन्द्रीत गरिने बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी सबैलाइ धन्यबाद ज्ञापन गर्नुभयो ।