महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको बारेमा प्रसारित समाचारलाई लिएर पछिल्लो पटक पत्रकारलाई जोडेर सामाजिक सञ्जालमा व्यक्त भइरहेको धारणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०३।२७

महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको बारेमा प्रसारित समाचारलाई लिएर पछिल्लो पटक पत्रकारलाई जोडेर सामाजिक सञ्जालमा व्यक्त भइरहेको धारणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

समाचार र सूचना प्रवाहको संविधानप्रदत्त अधिकार उपभोग गर्दा पत्रकारको व्यावसायिक निष्ठा र धर्ममाथि कुनै पनि किसिमले प्रहार हुनु निन्दनीयमात्र होइन प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।

यस क्रममा पत्रकार उपासना तिवारीलाई लाञ्छित गर्दै भएको टीकाटीप्पणी अझ दुःखद् र निन्दनीय छ ।

सामाजिक सञ्जालको उपभोग गर्दा कुनै पनि व्यक्ति या पक्षको मानमर्दन हुने, सामाजिक प्रतिष्ठा र चरित्रमा आघात पुग्ने गतिविधि हुनु कानुनविपरीत हुन जान्छ । यसप्रति सजग र सचेत भई आगामी दिनमा सामाजिक सद्भावमा आघात पुग्ने यस्ता हर्कत नदोहोर्‍याउन र पत्रकारलाई मानमर्दन नगर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ ।

……………….

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्