प्रकाशित समाचार हटाउन धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०३।२६

वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र डटकमका समाचार संयोजक रमेश भारतीलाई प्रकाशित समाचार हटाउन धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

अनलाइनमा ‘संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख ठगी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सोही निहुँमा भारतीलाई धम्की दिनुका साथै अनलाइनविरुद्ध फेसबुक पेज रिपोर्ट र सामाजिक वहिष्कारको अभियान चलाएको महासंघ उपत्यका प्रदेश समितिले जनाएको छ ।

यस प्रकारले धम्क्याउने र मिडिया विरुद्ध अभियान चलाउने घटनालाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएको छ ।

महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन र यस्ता हर्कत दोहोरिन नदिन विशेष कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ ।

…………………

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्