इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले स्थानीय पत्रकारितालाई बदनाम गर्ने कुत्सित मनसायले सामाजिक सञ्जालबाट व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति २०८२।०३।२३

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले स्थानीय पत्रकारितालाई बदनाम गर्ने कुत्सित मनसायले सामाजिक सञ्जालबाट व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही असार २० गते शुक्रबार बिहान नगर प्रमुखले ‘समाचार प्रकाशित हुने विषय सचिवालयमा अघिल्लो दिन नै जानकारी हुने र दानापानी नझरेपछि लाज छोप्न प्रकाशन/प्रसारण हुने’ भनी इटहरीको पत्रकारिता क्षेत्रलाई बदनाम र अपमानित हुनेगरी लेखेको महासंघ सुनसरी शाखाले जनाएको छ ।

समाचार या पत्रकारको व्यवहारप्रति गुनासो भए त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रचलित अभ्यास छ । त्यसलाई बेवास्ता गर्दै सार्वजनिक पदमा आसिन व्यक्तिले पदीय मर्यादाविपरीत अपनाइएको यो शैली प्रेसलाई कुण्ठित गर्ने र बदनाम गराउने मनसाय प्रेरित रहेको स्पष्ट छ ।

महासंघ प्रेसविरोधी यो हर्कतप्रति खेद व्यक्त गर्दै कडा आपत्ति प्रकट गर्दछ । र, कुनै पनि वहानामा पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने यस्ता गतिविधि नदोहोर्‍याउन तथा संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सधैँ सम्मान गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्