मिति : २०८२।०३।२३
चलचित्र पत्रकार संघको कार्यक्रममा भाग लिने क्रममा तालिममा पुगेका पत्रकारमाथि स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले गालीगलौज र दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघ पर्सा शाखाका अनुसार यही असार २२ गते सो कार्यालयको एक तालिम सञ्चालन भइरहेको स्थानमा शाखा कार्यसमिति सदस्य आरोहणकुमार साहसहित राजु बैठा, राकेशकुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी, आनन्दकुमार पटेललगायतमाथि दुर्व्यवहार भएको हो ।
कुनै पनि बहानामा पत्रकारमाथि यस प्रकारका व्यवहार निन्दनीय हुनुका साथै प्रेसविरोधी कार्य हो । महासंघ यस्ता कार्यमा संलग्नमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन र यस किसिमका घटना दोहोरिन नदिनेतर्फ कडा कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
……………..
रामप्रसाद दाहाल
महासचिव